शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

मलेसियामा गाडीको विक्री बढ्यो

सोमबार, ०६ चैत २०७९, २१ : ३५
सोमबार, ०६ चैत २०७९

क्वालालम्पुर । मलेसियाम गत फेब्रुअरीमा उद्योगको मात्रा ३९ प्रतिशतले बढेर ६२ हजार ६४९ इकाई पुगेको छ । गत वर्ष यसको सङ्ख्या ४५ हजार ६२ युनिट रहेको मलेसियन अटोमोटिभ एसोसिएसनले सोमबार जनाएको छ । 

एसोसिएसनका अनुसार मलेसियामा यात्रुवाहक सवारी र व्यावसायिक सवारीका निम्ति प्रयोग हुने नयाँ कारहरूको बिक्री बढेर ५५ हजार पुगेको छ ।

सो सङ्ख्या जनवरीमा ४९ हजार ४७९ रहेकामा फेब्रुअरीमा बिक्रीको मात्रा २७ प्रतिशतले बढेको हो । विश्व बजार आर्थिक मन्दीले प्रभावित भए पनि यहाँ कारको विक्रीको मात्रा बढेको पाइएको छ । (रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप