विदेशी मुद्रा रित्तिएको श्रीलङ्कालाई आईएमफले दियो ३ बिलियन डलर
काठमाडाैँ । विगत लामो समयदेखि आर्थिक सङ्कटमा फसेको दक्षिण एसियाली मुलुक श्रीलङ्कालाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ३ बिलियन अमेरिकी डलर दिएको छ । बेलायती साम्राज्यबाट स्वतन्त्र भएयता श्रीलङ्का अहिलेसम्मकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको थियो ।
केन्द्रीय बैङ्कको भण्डारमा विदेशी मुद्राको सञ्चिती रित्तिएपछि श्रीलङ्काले अत्यावश्यक वस्तुहरू समेत किन्न सकेको थिएन । पेट्रोलियम पदार्थ, औषधी र खाद्यान्न समेत आयात गर्न सकिरहेको थिएन । तर, मुद्रा कोषले ३ बिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेसँगै नराम्रो दिन सकिएको घोषणा गरिएको छ ।
श्रीलङ्काका विदेशमन्त्री अली सर्वीले बीबीसीसँग बोल्दै भने, ‘अब सरकारले विभिन्न माध्यमबाट फण्ड संकलनको योजना बनाएको छ । यसका लागि ध्वजाबाहक एयरलायन्सलाई निजीकरण गरिनेछ ।’ यद्यपि, विश्लेषकहरूले भने श्रीलङ्काले अझै आर्थिक सङ्कटको सामना गर्नुपर्ने बताइरहेका छन् ।
विश्वव्यापी फैलिएको महामारी, ५० प्रतिशतसम्मले बढेको ऊर्जाको मूल्य र वितरणमुखी आर्थिक नीतिका कारण श्रीलङ्का नराम्ररी आर्थिक सङ्कटको भुमरीमा फसेको थियो । यससँगै, देशभर अत्यावश्यक औषधीको चरम अभाव भएको थियो । यस्तै, ऊर्जाको चरम सङ्कट थियो भने प्रश्नोत्तरका लागि आवश्यक कागज आयात गर्न नसक्दा विभिन्न चरणका परीक्षाहरू रोकिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण