उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु
बुधबार, ०८ चैत २०७९, ०६ : ४४
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु गर्दैछ ।
आयोगले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ । चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।
यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त हुन पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण