आईसीसी वरीयतामा विलियमसनको छलाङ
काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन् । टेस्ट ब्याट्सम्यानको वरीयतामा तेस्रो स्थानमा स्टीभ स्मिथ रहेका छन् भने चौथो र पाँचौँ स्थानमा क्रमशः जो रुट र बाबर आजम छन् ।
शीर्ष १० को छैटौँ स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड रहेका छन् भने त्यसपछि क्रमशः अस्ट्रेलियाकै उसमान ख्वाजा, न्युजिल्याण्डका डेरेल मिचेल, भारतका ऋषभ पन्त र श्रीलंकाका दिमुथ करुनारत्ने छन् ।
टेस्टको बलिङतर्फ भारतका रवीचन्द्रन अश्विन शीर्ष स्थानमा कायम छन् । दोस्रो स्थानमा इंग्ल्याण्डका जेम्स एन्डरसन, तेस्रो स्थानमा अस्ट्रेलियाका प्याट कमिन्स, चौथो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र पाँचौँ स्थानमा पाकिस्तानका शाहीन अफ्रिदी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण