आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आईसीसी वरीयतामा विलियमसनको छलाङ

बुधबार, ०८ चैत २०७९, १६ : १८
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक हिर्काएका न्युजिल्याण्डका केन विलियमसनले आईसीसी टेस्ट ब्याट्सम्यानको वरीयतामा दोस्रो स्थानमा उक्लिएका छन् ।

उनी चार स्थानमाथि उक्लँदै अस्ट्रेलियाका मार्नस लाबुसेनभन्दा पछि रहेका छन् । टेस्ट ब्याट्सम्यानको वरीयतामा तेस्रो स्थानमा स्टीभ स्मिथ रहेका छन् भने चौथो र पाँचौँ स्थानमा क्रमशः जो रुट र बाबर आजम छन् ।

शीर्ष १० को छैटौँ स्थानमा अस्ट्रेलियाका ट्राभिस हेड रहेका छन् भने त्यसपछि क्रमशः अस्ट्रेलियाकै उसमान ख्वाजा, न्युजिल्याण्डका डेरेल मिचेल, भारतका ऋषभ पन्त र श्रीलंकाका दिमुथ करुनारत्ने छन् ।

टेस्टको बलिङतर्फ भारतका रवीचन्द्रन अश्विन शीर्ष स्थानमा कायम छन् । दोस्रो स्थानमा इंग्ल्याण्डका जेम्स एन्डरसन, तेस्रो स्थानमा अस्ट्रेलियाका प्याट कमिन्स, चौथो स्थानमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र पाँचौँ स्थानमा पाकिस्तानका शाहीन अफ्रिदी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप