बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर

बिहीबार, ०९ चैत २०७९, ११ : ५४
बिहीबार, ०९ चैत २०७९

राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर भएका छन् । गुजरातको सुरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेको हो ।

सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ बारे गरिएको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।

राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’ यसपछि भाजपाका विधायक तथा गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध उजुरी दिएका छन् ।

वायनाडका सांसद राहुल गान्धीले २०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा कथित रूपमा यस्तो बयान दिएका थिए ।

राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै, समाचार एजेन्सी पीटीआईले भन्यो, ‘मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो र २३ मार्चमा फैसला सुनाउने बताएको थियो ।’

राहुल गान्धी आफ्नो बयान रेकर्ड गर्न अक्टोबर २०२१ मा सूरत अदालतमा हाजिर भएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप