राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर
राहुल गान्धी ‘मोदी उपनाम’ बयानसँग सम्बन्धित आपराधिक मानहानि मुद्दामा दोषी ठहर भएका छन् । गुजरातको सुरतको एक अदालतले कांग्रेस नेता राहुल गान्धीलाई आपराधिक मानहानि मुद्दामा दोषी ठहर गरेको हो ।
सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ बारे गरिएको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।
राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’ यसपछि भाजपाका विधायक तथा गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले राहुल गान्धीविरुद्ध उजुरी दिएका छन् ।
वायनाडका सांसद राहुल गान्धीले २०१९ को लोकसभा चुनावमा कर्नाटकको कोलारमा कथित रूपमा यस्तो बयान दिएका थिए ।
Gujarat | Surat District Court holds Congress MP Rahul Gandhi guilty in the criminal defamation case filed against him over his alleged 'Modi surname' remark. pic.twitter.com/VXdrvFAjyK
— ANI (@ANI) March 23, 2023
राहुल गान्धीका वकिल किरीट पानवालालाई उद्धृत गर्दै, समाचार एजेन्सी पीटीआईले भन्यो, ‘मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) एचएच वर्माको अदालतले गत हप्ता यस मामिलामा दुवै पक्षको तर्क सुनेको थियो र २३ मार्चमा फैसला सुनाउने बताएको थियो ।’
राहुल गान्धी आफ्नो बयान रेकर्ड गर्न अक्टोबर २०२१ मा सूरत अदालतमा हाजिर भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण