सामसङ्गले ग्यालेक्सी ए ३४ र ए ५४ नेपाली बजारमा ल्याउँदै

काठमाडौँ । सामसङ्गले नयाँ ए–सिरिजका स्मार्टफोनहरू ए३४ र ग्यालेक्सी ए५४ नेपाली बजारमा ल्याउने तयारी गरेको छ । विश्वव्यापी विक्री सुरु भइसकेको नयाँ ग्यालेक्सी ए ३४ र ग्यालेक्सी ए५४ लाई नेपालमा ल्याउन लागिएको हो ।
लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषता भएकोले यसप्रति उपभोक्ताको चासो बढेको छ । दुवै स्मार्टफोनहरू तिनीहरूको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् । ग्यालेक्सी ए३४ मा ४८ एमपि प्राइमेरी क्यामरा र २ एम पिम्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ मा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एंगल लेन्स जडित छ । यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रीकालीन फोटो÷भिडियो,पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफीलाई सहयोग पुर्याउने कम्पनीको दाबी छ ।
यी दुवै फोनमा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्