प्रारम्भिक तथ्यांकमा भन्दा २७ हजार ९०२ जनाले घट्यो जनसंख्या

काठमाडौँ । प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो ।
शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को विस्तृत नतिजा सार्वजनिक गरिएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । नेपालमा पुरुष भन्दा महिलाको जनसंख्या करिव ६ लाख ५० हजार बढी छ ।
यस पटक वागमती र मधेस प्रदेशमा करिव २१ प्रतिशत जनसंख्याको बसोवास छ, जसमा कर्णाली प्रदेशमा सबैभन्दा कम छ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ । नेपालमा २ हजार ९२८ जना अन्य लिंगीको बसोवास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको कोप्रे झरनामा ‘लभ्ली पार्क’ निर्माण सुरु
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : राजस्थानको सुखद समापन, चेन्नाई ६ विकेटले पराजित
-
हचुवामा स्वास्थ्य उपकरण खरिद, राज्यकोषको करोडौँ रकम बर्बाद
-
बिर्तामोडका विभिन्न सडक धमाधम कालोपत्र गरिँदै
-
बेलायतका नेपाली व्यवसायीलाई ‘इन्टरप्रेनर अफ द इयर २०२५’ को अवार्ड