वोङको ह्याट्रिकको मद्दतले मुम्बई इन्डियन्स फाइनलमा
मुम्बई । इसाबेल वोङको ह्याट्रिक र नेट सिभर ब्रन्टको तूफानी अविजित अर्धशतकको मद्दतले मुम्बई इन्डियन्सलाई वुमन्स प्रिमियर लिगको फाइनलमा पुगेको छ । शुक्रबार भएको एलिमिनेटर खेलमा मुम्बई इन्डियन्सले युपी वारियर्सलाई ७३ रनले सहजै पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
अब आइतबार हुने फाइनलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ । पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सले चार विकेट गुमाएर १८२ रन बनाएको थियो भने लक्ष्य पछ्याउन आएको युपीको टोली ११० रन बनाएर अलआउट भयो ।
१८३ रनको लक्ष्य पछ्याएको युपी वारियर्सको टोलीका सुरुवाती तीन ब्याट्सम्यान २१ रन नपुग्दै पभिलियन फर्किएका थिए । यूपी वारियर्सको टोली यो सुरुआती झट्काबाट कहिल्यै उठ्न सकेन। युपीलाई सस्तोमा समेट्न वोङले ह्याट्रिकसहित ४ विकेट लिइन् । इंग्ल्याण्डकी २० वर्षीया वोङ वुमन्स प्रिमियर लिगमा ह्याट्रिक गर्ने पहिलो क्रिकेटर पनि बनेकी छन् ।
यसअघि ब्रन्टको धुँवाधार ७२ रनको मद्दतले मुम्बईले ४ विकेटको क्षतिमा १८२ रन बनाएको थियो । उनलाई अमेलिया केरले २९ रन बनाउँदै राम्रो साथ दिइन् । हेली म्याथ्युजले २६ तथा यास्तिका भाटियाले २१ रन बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण