होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्यो, भन्यो– ताइवान चीनको अभिन्न अङ्ग
होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ । मध्य अमेरिकी देश होन्डुरसको यो कदमले उसलाई चीनसँग नजिक ल्याएको छ ।
होन्डुरसको विदेश मन्त्रालयले यसबारे ट्विट गरेका छन् । यसमा लेखिएको छ, ‘होन्डुरसको सरकारले एक चीनलाई मान्यता दिन्छ र पिपल्स रिपब्लिक अफ चाइना एक्लो वैध सरकार हो जसले पूरा देशलाई प्रतिनिधित्व गर्छ । ताइवान चीनको अभिन्न हिस्सा हो ।’
होन्डुरसको यो कदमपछि ताइवानलाई छुट्टै राष्ट्रको रूपमा मान्यता दिने अब १३ देश मात्र बाँकी छन् । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र ढिलो चाँडो यो चीनको नियन्त्रणमा आउने विश्वास गर्छ ।
तर ताइवानले आफ्नो संविधान र निर्वाचित नेताहरूको सरकार भएको आफूलाई स्वतन्त्र देश ठान्दछ । ताइवानको विदेश विभागले ट्विट गर्दै होन्डुरसको यो कदमप्रति खेद प्रकट गरेको छ ।
ताइवानले भन्यो, ‘हामी गहिरो खेदका साथ होन्डुरससँग कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्छौँ । जनतालाई वास्तविक फाइदा पुर्याउने ८२ वर्षको मित्रता र सहयोगलाई सिओमारा क्यास्ट्रो सरकारले अस्वीकार गरेको छ । ताइवान अडिग छ र विश्वको भलाइका लागि काम गर्न जारी राख्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण