होन्डुरसले ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्यो, भन्यो– ताइवान चीनको अभिन्न अङ्ग

होन्डुरसले ताइवानसँगको दसकौँ पुरानो कूटनीतिक सम्बन्ध अन्त्य गरेको छ । मध्य अमेरिकी देश होन्डुरसको यो कदमले उसलाई चीनसँग नजिक ल्याएको छ ।
होन्डुरसको विदेश मन्त्रालयले यसबारे ट्विट गरेका छन् । यसमा लेखिएको छ, ‘होन्डुरसको सरकारले एक चीनलाई मान्यता दिन्छ र पिपल्स रिपब्लिक अफ चाइना एक्लो वैध सरकार हो जसले पूरा देशलाई प्रतिनिधित्व गर्छ । ताइवान चीनको अभिन्न हिस्सा हो ।’
होन्डुरसको यो कदमपछि ताइवानलाई छुट्टै राष्ट्रको रूपमा मान्यता दिने अब १३ देश मात्र बाँकी छन् । चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र ढिलो चाँडो यो चीनको नियन्त्रणमा आउने विश्वास गर्छ ।
तर ताइवानले आफ्नो संविधान र निर्वाचित नेताहरूको सरकार भएको आफूलाई स्वतन्त्र देश ठान्दछ । ताइवानको विदेश विभागले ट्विट गर्दै होन्डुरसको यो कदमप्रति खेद प्रकट गरेको छ ।
ताइवानले भन्यो, ‘हामी गहिरो खेदका साथ होन्डुरससँग कूटनीतिक सम्बन्ध समाप्त भएको घोषणा गर्छौँ । जनतालाई वास्तविक फाइदा पुर्याउने ८२ वर्षको मित्रता र सहयोगलाई सिओमारा क्यास्ट्रो सरकारले अस्वीकार गरेको छ । ताइवान अडिग छ र विश्वको भलाइका लागि काम गर्न जारी राख्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’