प्रधानमन्त्री प्रचण्डले आज बेलुका सत्ता साझेदार दलसँग छलफल गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘
आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । शीर्ष तहमा प्रधानमन्त्रीज्युले परामर्श गरेपछि भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्नेमा फाइनल गर्नुपर्ने छ ।’
माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । एक सिटे दललाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दबाब दिएका छन् । सरकारमा सहभागी हुने दल धेरै भएकाले एक सिटे दलसहित स्वतन्त्र सांसदलाई सहभागी नगराउन भनिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डले चिन्न नसकेको प्रतिभा, फ्रान्सका लागि विश्वकपको स्टार बने ओलिसे
-
आगोमा जलेर हात गुमाएकी सुकुमबासी उर्मिला तामाङका दुःख (भिडियो)
-
फुजियान आगलागी : कम्तीमा २८ जनाको मृत्यु
-
राहत रकम थमाएर होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई राज्यको दबाब
-
‘भदौ २३ र २४ को प्रतिवेदन अध्ययन समिति’ ले किन बुझाएन रिपोर्ट ?
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण