शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माल्टाविरुद्ध इटालीको पुनरागमन

सोमबार, १३ चैत २०७९, ०९ : ५९
सोमबार, १३ चैत २०७९

काठमाडौँ । साबिक विजेता इटालीले पहिलो खेलमा इंग्ल्याण्डसँग बेहोरेको हारबाट पुनरागमन गर्दै माल्टालाई पराजित गरेको छ । समूह सी अन्तरगतको खेलमा इटाली २–० गोलले विजयी बन्यो ।

माटेओ रेटेगुईले खेलको १५ औँ मिनेटमा इटालीलाई अग्रता दिलाए । दुई खेलमा उनको यो दोस्रो गोल हो । २७ औँ मिनेटमा माटेयो पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । रोबर्टो मान्चिनीको टोली समूह सीको दोस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप