माल्टाविरुद्ध इटालीको पुनरागमन
सोमबार, १३ चैत २०७९, ०९ : ५९
काठमाडौँ । साबिक विजेता इटालीले पहिलो खेलमा इंग्ल्याण्डसँग बेहोरेको हारबाट पुनरागमन गर्दै माल्टालाई पराजित गरेको छ । समूह सी अन्तरगतको खेलमा इटाली २–० गोलले विजयी बन्यो ।
माटेओ रेटेगुईले खेलको १५ औँ मिनेटमा इटालीलाई अग्रता दिलाए । दुई खेलमा उनको यो दोस्रो गोल हो । २७ औँ मिनेटमा माटेयो पेसिनाले गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए । रोबर्टो मान्चिनीको टोली समूह सीको दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण