कोन्टेले छाडे टोटनहम
सोमबार, १३ चैत २०७९, १० : ०६

लण्डन । क्लबमा आएको १६ महिनापछि म्यानेजर एन्टोनिओ कोन्टेले आपसी सहमतिमा टोटनहम हटस्पर्सबाट बिदा भएका छन् ।
साउथह्याम्पटनविरुद्धको बराबरीपछि आयोजित पत्रकार सम्मेलनमा कोन्टेले स्पर्सका खेलाडीहरूलाई ‘स्वार्थी’ भएको आरोप लगाउनुका साथै क्लबको संस्कृतिको आलोचना गरेका थिए ।
स्पर्स प्रिमियर लिगको चौथो स्थानमा भए पनि सबै कप प्रतियोगिताबाट बाहिरिइसकेको छ । कोन्टेको स्थानमा उनका एसिस्टेन्ट क्रिस्टिन स्टेलिनीले बाँकी सिजन मुख्य प्रशिक्षकको भूमिका निभाउनेछन् ।
सन् २०१९ मा माउरिसियो पोचेटिन्होले क्लब छाडेयता क्लबले चार वर्षमा चारवटा प्रशिक्षक फेरिसकेको छ । स्पर्सले नुनो स्पेरितो सान्तोलाई बर्खास्त गरेपछि क्लबले चेल्सी, युभेन्टस र इन्टर मिलानसँग लिग उपाधि जितेका कोन्टेलाई नोभेम्बर २०२१ मा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
बालाजु र नागार्जुनमा मेलम्चीको पानी वितरण विस्तार
-
माध्यामिक तहमा स्वास्थ्य विषयलाई अनिवार्य बनाउन माग
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित