‘ह्वाइट वास’ बाट जोगियो पाकिस्तान
शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा पाकिस्तान ह्वाइट वास हुनबाट जोगिएको छ । अन्तिम खेलमा पाकिस्तान ६६ रनले विजयी हुँदै सान्त्वना जीत हासिल गरेको हो । पहिलो दुई खेल जित्दै अफगानिस्तानले तीन खेलको शृङ्खलामा यसअघि नै कब्जा जमाइसकेको छ ।
सोमबारको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १८.४ ओभरमा अलआउट हुँदै मात्र ११६ रन बनायो । अफगानिस्तानलाई सस्तोमै समेट्न प्लेयर अफ द म्याच घोषित कप्तान शहदाब खान र इहसानुल्लाहले ३–३ विकेट लिए । अफगानिस्तानका लागि अज्मातुल्लाह ओमाजाईले सर्वाधिक २१ रन बनाए भने रहमानुल्लाह गुरबाजले १८ रन बनाए ।
यसअघि सइम आयुबको ४९ रन तथा इफ्तिकार अहमदको ३१ रनको मद्दतले ७ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । शहदाबले पनि २८ रन बनाए । शृङ्खलामा अफगानिस्तानका मोहमद नाबी प्लेयर अफ द सिरिज चुनिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण