शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘ह्वाइट वास’ बाट जोगियो पाकिस्तान

मङ्गलबार, १४ चैत २०७९, ०९ : ३४
मङ्गलबार, १४ चैत २०७९

शारजाह । अफगानिस्तानविरुद्धको टी–२० शृङ्खलामा पाकिस्तान ह्वाइट वास हुनबाट जोगिएको छ । अन्तिम खेलमा पाकिस्तान ६६ रनले विजयी हुँदै सान्त्वना जीत हासिल गरेको हो । पहिलो दुई खेल जित्दै अफगानिस्तानले तीन खेलको शृङ्खलामा यसअघि नै कब्जा जमाइसकेको छ ।

सोमबारको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १८.४ ओभरमा अलआउट हुँदै मात्र ११६ रन बनायो । अफगानिस्तानलाई सस्तोमै समेट्न प्लेयर अफ द म्याच घोषित कप्तान शहदाब खान र इहसानुल्लाहले ३–३ विकेट लिए । अफगानिस्तानका लागि अज्मातुल्लाह ओमाजाईले सर्वाधिक २१ रन बनाए भने रहमानुल्लाह गुरबाजले १८ रन बनाए ।

यसअघि सइम आयुबको ४९ रन तथा इफ्तिकार अहमदको ३१ रनको मद्दतले ७ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । शहदाबले पनि २८ रन बनाए । शृङ्खलामा अफगानिस्तानका मोहमद नाबी प्लेयर अफ द सिरिज चुनिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप