बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाईज सेमिफाइनलमा

मङ्गलबार, १४ चैत २०७९, २२ : ०३
मङ्गलबार, १४ चैत २०७९

सिमरा । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिमरा रङ्गशालामा एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्‍यो । रोमाञ्चक जीतसँगै उसले न्युरोड टिम एनआरटीसंगको सेमि फाइनल भेट पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले बिहीबार एनआरटीको सामना  गर्नेछ ।

एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औँ मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो । 

चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे । खेलको ३१ औँ मिनटमा चर्च ब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो । 

एपिएफसँगको बराबरी पछि आक्रामक बनेको चर्च ब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औँ मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो । 

खेलको एभरेस्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेस्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफ र दशहजार नगद प्रदान गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौँडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप