जीतपुरसिमरा गोल्डकप : चर्च ब्वाईज सेमिफाइनलमा
सिमरा । सशस्त्र प्रहरीको विभागीय टिम नेपाल एपिएफ क्लबविरुद्ध २–१ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाईज यूनाईटेड जगदम्बा १३ औँ जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सिमरा रङ्गशालामा एपिएफले बनाएको सुरुवाती अग्रता उल्टाउँदै चर्च ब्वाईजले प्रतियोगिताको पहिलो सहभागितामै सेमिफाइनल यात्रा तय गर्यो । रोमाञ्चक जीतसँगै उसले न्युरोड टिम एनआरटीसंगको सेमि फाइनल भेट पक्का ग¥यो । फाइनल प्रवेशका लागि चर्च ब्वाईजले बिहीबार एनआरटीको सामना गर्नेछ ।
एपिएफका मिडफिल्डर सन्तोष श्रेष्ठले खेलको २३ औँ मिनटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएपनि एपिएफ सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरीयो ।
चर्च ब्वाईजको जितमा मिडफिल्डरद्वय सन्तोष न्यौपाने र रञ्जित पाण्डेले एक–एक गोल गरे । खेलको ३१ औँ मिनटमा चर्च ब्वाईजका सन्तोष न्यौपानेले टिमलाई खेलमा फर्काए । रञ्जित पाण्डेको क्रसबलमा हेडर एटेम्प गरेका सन्तोषको प्रहार एपिएफका डिफेण्डरको खुट्टामा डिफ्लेक्ट हुँदै गोलमा परिणत भयो ।
एपिएफसँगको बराबरी पछि आक्रामक बनेको चर्च ब्वाईज पहिलो हाफमै अग्रता बनाउन सफल भयो । खेलको ४३ औँ मिनटमा रञ्जित पाण्डेको उत्कृष्ट डाइविङ हेडर मार्फत चर्च ब्वाईजले अग्रता लिएको थियो ।
खेलको एभरेस्ट बैंक म्यान अफ दि म्याच चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो वेम्पा घोषित भए । एभरेस्ट बैंकका रिजनल हेड विभूति न्यौपाने र जीतपुरसिमराका वडाध्यक्ष इश्वर खत्रीले म्यान अफ दि म्याचको ट्रफी र दशहजार नगद प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा हेटौँडाको मकवानपुर ११ ले ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
-
राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण