आप्रवासी केन्द्रमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु
मेक्सिको । मेक्सिकोको एक आप्रवासी केन्द्रमा सोमबार भएको आगलागीमा परेर कम्तीमा ४० जनाको मृत्यु भएको छ । डिर्पोटेसनविरुद्धको प्रदर्शनमा क्रममा त्यहाँ आगलागी भएको अधिकारीहरूले जानकारी दिएका हुन् । मृतकमध्ये धेरै मध्य र दक्षिणी अमेरिकाका नागरिक रहेका छन् । उनीहरू त्यहाँबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिए । सिउडाड हुवारेजमा रहेको केन्द्रमा स्थानीय समयअनुसार राति १० बजे आगलागी सुरु भएको थियो । अमेरिकाको टेक्सास राज्यको नजिक रहेको सहरमा पछिल्लो समयमा आप्रवासीहरूको धेरै भीड जम्मा भएको थियो ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले प्रदर्शनका क्रममा आप्रवासीहरूले आफ्नो डसनामा आगलागी गरेका थिए । ‘उनीहरू डिपोर्ट हुने थाहा पाएपछि प्रदर्शन सुरु गरिएको थियो,’ राष्ट्रपतिले भने । घटनामा थप २९ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइते र मृत्यु हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका रहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण