शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आप्रवासी केन्द्रमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु

बुधबार, १५ चैत २०७९, १२ : १६
बुधबार, १५ चैत २०७९

मेक्सिको । मेक्सिकोको एक आप्रवासी केन्द्रमा सोमबार भएको आगलागीमा परेर कम्तीमा ४० जनाको मृत्यु भएको छ । डिर्पोटेसनविरुद्धको प्रदर्शनमा क्रममा त्यहाँ आगलागी भएको अधिकारीहरूले जानकारी दिएका हुन् । मृतकमध्ये धेरै मध्य र दक्षिणी अमेरिकाका नागरिक रहेका छन् । उनीहरू त्यहाँबाट अमेरिका प्रवेश गर्ने प्रयासमा थिए । सिउडाड हुवारेजमा रहेको केन्द्रमा स्थानीय समयअनुसार राति १० बजे आगलागी सुरु भएको थियो । अमेरिकाको टेक्सास राज्यको नजिक रहेको सहरमा पछिल्लो समयमा आप्रवासीहरूको धेरै भीड जम्मा भएको थियो ।

मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेजले प्रदर्शनका क्रममा आप्रवासीहरूले आफ्नो डसनामा आगलागी गरेका थिए । ‘उनीहरू डिपोर्ट हुने थाहा पाएपछि प्रदर्शन सुरु गरिएको थियो,’ राष्ट्रपतिले भने ।  घटनामा थप २९ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । घाइते र मृत्यु हुनेमा ग्वाटेमाला, होन्डुरस, भेनेजुएला, एल साल्भाडोर, कोलम्बिया र इक्वेडरका रहेका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले घटनाको विस्तृत छानबिन गर्न माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप