बागमती प्रदेशमा एसईई : १ लाखभन्दा बढी विद्यार्थीका लागि ४३४ जना परीक्षा केन्द्र
काठमाडौँ । यही चैत १७ गतेदेखि हुने कक्षा १० को एसईई परीक्षाका लागि शिक्षा विकास निर्देशनालयले बागमती प्रदेशभित्रका १३ वटा जिल्लाहरूको परीक्षार्थी, परीक्षाकेन्द्र र जनशक्ति तय गरेको छ । प्रदेशमा १ लाख १ हजार ७३३ जना विद्यार्थी सहभागी हुँदैछन् ।
निर्देशनालयका अनुसार २९ गतेसम्म हुने परीक्षाका लागि १३ जिल्लामा ४३४ वटा परीक्षा केन्द्रहरू तोकिएका छन् । त्यस्तै केन्द्राध्यक्ष, सहायक केन्द्रध्यक्ष, निरीक्षक, परीक्षा सहायक, परीक्षा सहायक कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी १५ हजार ८८६ जना जनशक्ति खटिनेछन् ।
यस प्रदेश भित्रका सबै जिल्लाका परीक्षा केन्द्रहरूमा उत्तर पुस्तिका पुर्याइ सकिएको, परीक्षा केन्द्र नजिक रहेको प्रहरी चौकीमा प्रश्न पत्र पुगिसकेको निर्देशनालयले जनाएको छ । त्यस्तै केन्द्राध्यक्ष नियुक्ति गरी अभिमुखीकरण कार्य समेत सम्पन्न भई परीक्षा सम्बन्धी पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण