प्रधानमन्त्री प्रचण्डको प्रश्न–अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं ?
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी पुगेको भन्दै प्रश्न गरेका छन् । चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह कार्यक्रममा बोल्दै प्रचण्डले कुनै समय विदेशमा खाद्यान्न निर्यात गर्ने मुलुक अर्बौको आयात गर्नु दुखद भएको बताए ।
‘हामीले ५०/६० वर्ष पहिलेसम्म हामी कहाँ यस्ता विश्वविद्यालयहरू थिएनन् । हामी कहाँ स्नातकोत्तर पढाइ हुने कलेजहरु थिएनन् । हाम्रा किसानहरुले अर्ग्यानिक खेती मार्फत खाद्यान्नमा आत्मनिर्भर मात्रै थिएन । बरु हामीले खाद्यान्न निर्यात गर्थियौं’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी हजारौँ हजार स्नातक र स्नातकोत्तर भएर पनि हामी अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं । कहाँ छ त्रुटि ? आफ्नो अर्ग्यानिक उत्पादनको एतिहासिक विरासत र अस्तित्व किन जोगाउन सकेनौं ? यसमा कृषि वन अध्ययन पढेका विद्यार्थीको विशेष ध्यान जान जरुरी छ ।’
देशको उत्पादन समस्याहरु पहिल्याएर सामाजिक र आर्थिक क्षेत्रमा योगदान गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे । सरकारले नयाँ संघीय शिक्षा ऐन ल्याएमा शिक्षाका तमाम समस्या हल भएर जाने प्रचण्डले बताए । उच्च शिक्षामा सुधार गरेर विदेशीनुबाट युवाहरुलाई रोक्नु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारसँग मन्त्री चौधरी : मन्त्रालय चलाउन उत्साहित, नतिजालाई लिएर चिन्तित
-
‘संविधान संशोधन’ कार्यदल अवैधानिक रहेको दाबी, पुनर्लेखनको प्रयास नगर्न सरकारलाई चेतावनी
-
अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता
-
अबदेखि गण्डकीमा गाँजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण