राजनीति
प्रधानमन्त्री प्रचण्ड चितवनबाट फर्किए, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
बिहीबार, १६ चैत २०७९, १५ : १५
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको कार्यक्रम सम्पन्न गरेर काठमाडौँ फर्किएका छन् । बिहीबार बिहान चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला उडेका प्रचण्ड दिउँसो काठमाडौँ फर्किएका हुन् ।
सो क्रममा प्रचण्ड चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएका थिए ।
काठमाडौँ फर्किएसँगै उनले मन्त्रिपरिषद् पुनर्गठनका लागि सत्ता साझेदार दलमा एक चरण छलफल गर्ने तयारी गरेका छन् ।
त्यसपछि मन्त्रीहरुको नियुक्ति गरेर शपथ गराउने प्रचण्डको तयारी छ ।
सत्ता साझेदार दलमा कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जसपाले २–२ र अन्य साना दलले १–१ मन्त्रालय पाउने समझदारी भएको छ ।
सोहीअनुसार मन्त्री र मन्त्रालयको टुंगो लगाएर मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा प्रचण्ड जुटेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि गण्डकीमा गाजा खेती गर्न पाइने, पारित भयो विधेयक
-
सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन विधेयक पारित
-
इरानको तटीय क्षेत्रमा फेरि विस्फोट, सैन्य अड्डा आसपास आक्रमण भएको आशङ्का
-
पोखरा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शोभा गौतमको उम्मेदवारी घोषणा
-
अली खामेनीको अन्त्येष्टि परिवारका सदस्यमा सीमित हुने
-
पूर्वमुख्यमन्त्री सोडारीविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइ स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण