फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक
काठमाडौँ । नेपाली फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तुमा फिल्म निर्माण भएको छ ।
ट्रेलर अनुसार पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयमा ट्रेलर सकिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले जारीप्रथाको बारेमा फिल्म बनाइएको बताइन् । उनले अझैपनि यो प्रथा केही क्षेत्रहरुमा बाँकी रहेकाले हट्नु अनिवार्य भएको बताइन् ।
फिल्ममा अभिनेत्री पन्तसहित नरेन खड्का, बिराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । लक्ष्मण सुनार निर्देशन र टोपेन्द्र बिष्टले निर्माण गरेको फिल्म कर्णालीको परिवेश र भूगोलमा छायांकन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण