फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली फिल्म ‘बुलाकी’ को ट्रेलर सार्वजनिक भएको छ ।
बिहीबार काठमाडौँमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिला पात्र अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तुमा फिल्म निर्माण भएको छ ।
ट्रेलर अनुसार पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयमा ट्रेलर सकिएको छ । कार्यक्रममा बोल्दै अभिनेत्री सुरक्षा पन्तले जारीप्रथाको बारेमा फिल्म बनाइएको बताइन् । उनले अझैपनि यो प्रथा केही क्षेत्रहरुमा बाँकी रहेकाले हट्नु अनिवार्य भएको बताइन् ।
फिल्ममा अभिनेत्री पन्तसहित नरेन खड्का, बिराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ । लक्ष्मण सुनार निर्देशन र टोपेन्द्र बिष्टले निर्माण गरेको फिल्म कर्णालीको परिवेश र भूगोलमा छायांकन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेरुबस्त्र धारणबारे प्रचण्ड : पत्नीका लागि महाकालेश्वर गएको होइन
-
भारत भ्रमण विगतभन्दा फरक र परिणामुखी भयो : प्रधानमन्त्री
-
जुम्लामा फैलिएको भाइरल ज्वरो नियन्त्रणमा
-
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत, तस्बिरहरू हेर्नुहोस्
-
यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु
-
भारतबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड