भीम रावलजी एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ : विष्णु पौडेल
काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए ।
‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाँले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गर्नुभएको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए ।
‘उहाँ पार्टीको निर्णय मानेर चल्नुभएको छैन । उहाँले अनुशासन पनि उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन्’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । घरी उहाँ पत्रकार सम्मेलन गर्नुहुन्छ, घरी प्रतिक्रियात्मकता ओर्लनुहुन्छ । कहिले अधुरा सूचनाका आधारमा प्रतिक्रियामा ओर्लनुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण