आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भीम रावलजी एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ : विष्णु पौडेल

शुक्रबार, १७ चैत २०७९, १० : २४
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । एमाले उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावलले एकपछि अर्को गल्ती गर्दै गएको दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले रावलले पार्टीको निर्देशन समेत नमान्ने गरेको बताए । 

‘भीम रावलजीले पार्टी अनुशासनको दृष्टिकोणले, पार्टी सदस्यको हैसियतमा निर्वाह गर्नुपर्ने भूमिकाको हिसाबले र विगतमा लामो समय नेतृत्वमा पनि रहिसकेको हैसियतमा भन्ने हो भने उहाँले एउटा पार्टी सदस्यको भूमिका निर्वाह गर्नुभएको छैन’, पौडेलको भनाइ छ । उनले रावलले पार्टी निर्णय नमानेको र अनुशासन समेत उल्लङ्घन गरेको बताए । 

‘उहाँ पार्टीको निर्णय मानेर चल्नुभएको छैन । उहाँले अनुशासन पनि उल्लङ्घन गर्नुभएको छ । पार्टी निर्णयकाविरुद्ध पार्टीको खिलाफमा बोल्नुभएको छ र पार्टीलाई कमजोर पार्ने गतिविधि उहाँबाट भइरहेका छन्’, उपाध्यक्ष पौडेलले भने, ‘उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ । घरी उहाँ पत्रकार सम्मेलन गर्नुहुन्छ, घरी प्रतिक्रियात्मकता ओर्लनुहुन्छ । कहिले अधुरा सूचनाका आधारमा प्रतिक्रियामा ओर्लनुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप