कविता
तिम्रो यादमा
शनिबार, १८ चैत २०७९, ०७ : ३७
हुने भए सिलाई दिन्थे
अश्रुका यी ग्रन्थिलाई,
तिम्रो जस्तो ओभानो आँखा
देखाइ दिन्थे सबैलाई ।
भन्छन् प्रेममा पागल हुन्छन्
त्यसै पागल होइन्छ र ?
तिम्रा दुई नयन हेर्दा
अश्रु कसको बग्दैन र ?
यादहरूको सिरानी हाली
सधैँ कहाँ निदाइन्छ र ?
आँखाहरू नसुक्दैमा
रातहरू ओझेल हुँदैनन् र ?
थाहा छैन के भयो यो ?
लौ न तिमी नै भनिदेऊ,
हरेक पलमा तिम्रै याद
विश्राम केही क्षण त लिन देऊ ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण