पञ्जाबमा भएको थियो परिणीति र राघवको पहिलो भेट
मुम्बई । अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका नेता राघव चड्ढाको सम्बन्ध यतिबेला चर्चामा छ । हालै अभिनेता तथा गायक हार्डी सन्धुले पनि दुवै सम्बन्धनमा रहेको पुष्टि गरेका छन् । यसै क्रममा खबरहरू आइरहेका छन् परिणीति चोपडा र राघवको भेट कलेजका दिनमा नभई सुटिङका क्रममा भएको थियो । ईटाइम्सको रिपोर्टका अनुसार परिणितीले राघवलाई पञ्जाबमा पहिलो पटक भेटेकी थिइन् । त्यतिबेला उनी त्यहाँ फिल्मको सुटिङमा थिइन् । करिब ६ महिनादेखि दुवै सँगै रहेको बताइएको छ । यो सम्बन्ध विवाहसम्म पुगेको छ ।
परिणीति राघवले आफ्नो सम्बन्धको बारेमा केही नभने पनि उनीहरुसँग जोडिएका धेरैले यो सम्बन्धलाई पुष्टि गरेका छन् । यसै क्रममा आप सांसद सञ्जीव अरोराले पनि दुबैलाई सामाजिक सञ्जालमा बधाई दिएका छन् । सम्बन्ध र इन्गेजमेन्टको अफवाहका बीच परिणिती चोपडाकी दिदी प्रियंका पनि पति निक जोनस र छोरी मालतीसँग मुम्बई पुगेकी छिन् । प्रियंकाले आफ्नो आगामी फिल्म सिटाडेलको प्रमोशन भारतमा गर्ने बताइएको छ । यससँगै उनले राघव र परिणितीसँग पनि भेट गर्नेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण