भारतले बनाएको किर्तिमान तोड्न टुँडिखेलमा उर्लियो मानवसागर (फोटो)
काठमाडौँ । काठमाडौँको टुँडिखेलमा शनिबार धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रममा हजारौँको संख्या सर्वसाधारण सहभागी भएका छन् ।
बुद्धवचनलाई एकैपटक वाचन गरी विश्व कीर्तिमान कायम गराउन आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमबाट विश्व किर्तिमान बनाउनका साथै बौद्ध दर्शन अन्तर्राष्ट्रिय रुपमा फैलाउने उद्देश्यले ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पहल शुरु गरिएको आयोजनकहरुले बताएका छन् ।
एउटा ठाउँमा धेरै मानिसहरु जम्मा भएर वाचन गरेको किर्तिमान यसअघि भारतको नाममा रहेको छ ।
यसअघि भारतमा आर्ट अफ लिभिङ फाउन्डेसनले ४६ हजार ६६० जनालाई राखेर कविता पढेर यो किर्तिमान बनाएको थियो ।
आयोजकहरुले आजको कार्यक्रममा ७० हजारभन्दा बढी सहभागी भएको दाबी गरेका छन् ।
तर, यसलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले मान्यता दिइसकेको छैन । यसले नयाँ विश्वकिर्तिमान बनाउँछ कि बनाउँदैन भन्ने हेर्न बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण