शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पटियाला जेलबाट बाहिरिएपछि सिद्धूले भने– राहुल गान्धी क्रान्तिको नाम हो...

आइतबार, १९ चैत २०७९, ०९ : ३७
आइतबार, १९ चैत २०७९

शनिवार पटियाला जेलबाट रिहा भएका कांग्रेस नेता नवजोत सिंह सिद्धूले राहुल गान्धीको प्रशंसा गरेका छन् । 

उनले राहुललाई क्रान्तिको पर्याय भनेका छन् । ‘जब–जब तानाशाही आए तब एक क्रान्ति पनि आएको छ र यस पटक यो क्रान्तिको नाम राहुल गान्धी हो,’ उनले भने ।

‘हामी सरकारलाई हल्लाएर राख्नेछौँ,’ उनले चेतावनी युक्त लवजमा भने ।

‘रोड रेज’ मुद्दामा १० महिनाको सजाय काटेर पटियाला जेलबाट बाहिर आएका सिद्धूले भने, ‘संविधानलाई म आफ्नो ग्रन्थ मान्छु । तानाशाही भइरहेको छ । जुन संस्था संविधानको शक्ति थियो, त्यही आज दास बनेको छ । म डराउँदिनँ ।’

उनले थपे, ‘म मृत्युसँग डराउँदिनँ किनभने म जे गर्छु, त्यो पञ्जाबको आउँदो पीढीका लागि हो । अहिले लोकतन्त्र नामको कुनै चिज नै छैन । पञ्जाबमा राष्ट्रपति शासन ल्याउने षड्यन्त्र रचिँदै छ, अल्पसङ्ख्यकलाई निशाना बनाइँदै छ ।’

सिद्धूलाई अघिल्लो वर्ष भारतको सर्वोच्च अदालतले १९८८ को रोड रेज मुद्दामा एक वर्षको सजाय सुनाएको थियो । त्यसपछि सिद्धूले आत्मसमर्पण गरेका थिए । 

siddhu1सिद्धुमाथि पटियालामा पार्किङको विषयमा विवाद भएपछि २६ डिसेम्बर १९८८ मा ६५ वर्षीय गुरनाम सिंहमाथि आक्रमण गरेको आरोप छ ।

आक्रमणमा परी घाइते भएका गुरनाम सिंहको मृत्यु भएको थियो ।

यस मामिलामा तल्लो अदालतले नवजोत सिद्धूलाई सफाइ दिएपछि पीडित परिवारले उक्त निर्णयलाई उच्च अदालतमा चुनौती दिएका थिए ।

नवजोत सिद्धूलाई उच्च अदालतले तीन वर्षको जेल सजाय सुनाएको थियो ।

त्यसपछि सिद्धूले उच्च अदालतको यो निर्णयलाई सर्वोच्च अदालतमा चुनौती दिएका थिए । १५ मे २०१८ मा, सर्वोच्च अदालतले उच्च अदालतको यो निर्णयलाई उल्ट्याएको थियो ।

तर, मे २०१८ मा पीडितका आफन्तले सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनर्विचार याचिका दायर गरेका थिए ।

यसमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले १९ मे २०२२ मा सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको थियो । यससँगै एक हजार रुपैयाँ जरिवाना समेत लगाएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप