बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सहिद घोषणा गरेकोमा द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

आइतबार, १९ चैत २०७९, १० : ५९
आइतबार, १९ चैत २०७९

काठमाडौँ । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेर धन्यवाद दिएका छन्। उनीहरूले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटी सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिएका हुन् ।

भेटमा उनीहरूले सत्य निरूपण तथा मेलमिलाप विधेयकमा समेत दुवै पक्षप्रति समान व्यवहारको प्रवर्द्धन गर्न, क्षतिपूर्ति र परिपूरणमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भेटमा प्रधानमन्त्रीले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए।

WhatsApp Image 2023-04-02 at 10.55.18

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप