सुडानमा अप्रिल ६ मा ‘अन्तिम राजनीतिक सम्झौता’ मा हस्ताक्षर गरिने
खार्तूम । राजनीतिक प्रक्रियामा संलग्न सुडानी दलहरू शनिबारका लागि तोकिएको ‘अन्तिम राजनीतिक सम्झौता’मा हस्ताक्षर गर्ने कार्यतालिका अप्रिल ६ सम्मका लागि स्थगन गर्न सहमत भएका छन् ।
संयुक्त राष्ट्र सङ्घ र विकाससम्बन्धी अन्तर–सरकारी प्राधिकरण सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवम् सुडानी सेनाका कमाण्डर अब्देल फतह अल बुरहान, सार्वभौम परिषद्का उपाध्यक्ष तथा ¥यापिड सपोर्ट फोर्सेजका कमाण्डर मोहम्मद हमदान डागालो, नागरिक सेनाका नेता र अफ्रिकी युनियनका प्रतिनिधिबीच शनिबार रिपब्लिकन प्यालेसमा भएको बैठकले उक्त निर्णय गरेको हो ।
सुडानमा सङ्क्रमणकालीन नागरिक प्राधिकरण निर्माण गर्ने उद्देश्यले अन्तिम राजनीतिक सम्झौतामा शनिबार हस्ताक्षर हुने तय भएको थियो ।
तर सुरक्षा र सैन्य सुधार पक्ष र सेनामा अनियमित सेनाको एकीकरणलाई लिएर सुडानी सेना र ¥यापिड सपोर्ट फोर्सेजबीचको मतभेदले सम्झौतामा हस्ताक्षर गर्ने मिति केही दिनका लागि स्थगित गर्नुपरेको हो ।
“शान्तिका लागि राजनीतिक प्रक्रिया’ का प्रवक्ता खालिद ओमेर युसिफले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बैठकले अन्तिम राजनीतिक सहमतिमा पुग्ने छलफलमा भएका प्रगतिको समीक्षा गर्नुका साथै सुरक्षा र सैन्य क्षेत्रमा सुधार, एकीकरण र आधुनिकीकरणका चरणसँग सम्बन्धित प्राविधिक विषयपहिचान गरेको छ ।’
उनले भने, “बैठकमा सैन्य र नागरिक दलहरूले अप्रिल ६ मा अन्तिम राजनीतिक सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही दिन अघि नै बाँकी रहेका अवरोधलाई पार गर्ने प्रयासलाई दोब्बर बनाउने सर्वसम्मत निर्णय गरेका छन् ।’
सन् २०२१ अक्टोबर २५ मा अल बुरहानले आपतकालीन अवस्था घोषणा गरेपछि सुडानमा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस र गगन थापालाई रवि लामिछानेको खुला चुनौती
-
भारतको हित हुने गरी अग्निपथ नीतिमा परिवर्तन गर्न सकिन्छ : एस. जयशंकर
-
संसदीय छानबिन समिति नबने कांग्रेस सडकमा पनि आउँछ : गगन थापा
-
सर्वोच्चको अन्तरिम आदेशले दोस्रो पटक काम चलाऊ भए मुख्यमन्त्री अधिकारी
-
शिक्षकहरूको काज फिर्ता गर्न देशभरका समन्वय इकाइलाई परिपत्र
-
गण्डकी विवाद : सर्वोच्चले जारी गर्यो अल्पकालीन अन्तरिम आदेश