सुडानमा अप्रिल ६ मा ‘अन्तिम राजनीतिक सम्झौता’ मा हस्ताक्षर गरिने
खार्तूम । राजनीतिक प्रक्रियामा संलग्न सुडानी दलहरू शनिबारका लागि तोकिएको ‘अन्तिम राजनीतिक सम्झौता’मा हस्ताक्षर गर्ने कार्यतालिका अप्रिल ६ सम्मका लागि स्थगन गर्न सहमत भएका छन् ।
संयुक्त राष्ट्र सङ्घ र विकाससम्बन्धी अन्तर–सरकारी प्राधिकरण सुडानको सङ्क्रमणकालीन सार्वभौम परिषद्का अध्यक्ष एवम् सुडानी सेनाका कमाण्डर अब्देल फतह अल बुरहान, सार्वभौम परिषद्का उपाध्यक्ष तथा ¥यापिड सपोर्ट फोर्सेजका कमाण्डर मोहम्मद हमदान डागालो, नागरिक सेनाका नेता र अफ्रिकी युनियनका प्रतिनिधिबीच शनिबार रिपब्लिकन प्यालेसमा भएको बैठकले उक्त निर्णय गरेको हो ।
सुडानमा सङ्क्रमणकालीन नागरिक प्राधिकरण निर्माण गर्ने उद्देश्यले अन्तिम राजनीतिक सम्झौतामा शनिबार हस्ताक्षर हुने तय भएको थियो ।
तर सुरक्षा र सैन्य सुधार पक्ष र सेनामा अनियमित सेनाको एकीकरणलाई लिएर सुडानी सेना र ¥यापिड सपोर्ट फोर्सेजबीचको मतभेदले सम्झौतामा हस्ताक्षर गर्ने मिति केही दिनका लागि स्थगित गर्नुपरेको हो ।
“शान्तिका लागि राजनीतिक प्रक्रिया’ का प्रवक्ता खालिद ओमेर युसिफले बैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बैठकले अन्तिम राजनीतिक सहमतिमा पुग्ने छलफलमा भएका प्रगतिको समीक्षा गर्नुका साथै सुरक्षा र सैन्य क्षेत्रमा सुधार, एकीकरण र आधुनिकीकरणका चरणसँग सम्बन्धित प्राविधिक विषयपहिचान गरेको छ ।’
उनले भने, “बैठकमा सैन्य र नागरिक दलहरूले अप्रिल ६ मा अन्तिम राजनीतिक सम्झौतामा हस्ताक्षर हुनुभन्दा केही दिन अघि नै बाँकी रहेका अवरोधलाई पार गर्ने प्रयासलाई दोब्बर बनाउने सर्वसम्मत निर्णय गरेका छन् ।’
सन् २०२१ अक्टोबर २५ मा अल बुरहानले आपतकालीन अवस्था घोषणा गरेपछि सुडानमा राजनीतिक सङ्कट उत्पन्न भएको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण