लुम्बिनी प्रदेशसभा : अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुको माग
दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।
बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता राजकुमार चौधरीले प्रदेश सरकार काम चलाऊ सरकार भएकाले निकास खोज्नु पर्ने बताए ।
उनले सरकारले समयमा निकास दिएर प्रदेशको विकास, मिटर ब्याजको समस्या, स्वास्थ्य सेवा र संरचनाको अवस्थाका बारेमा गम्भीर हुनुपर्ने बताए ।
बैठकमा सांसद बैजनाथ कलवारले सरकारले विकासमा वास्ता नगरेको बताए ।
चालु आर्थिक वर्षको साढे ८ महिनामा २४ प्रतिशत मात्रै विकास बजेट खर्च भएको भन्दै उनले अल्पमतको काम चलाऊ सरकारले प्रदेशको विकास लागि काम गर्न नसकेको टिप्पणी गरे । सरकारले बजेट खर्च गर्न नसक्दा बजेट खेर जाने सम्भावना भएको भन्दै अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए ।
बैठकमा चन्द्रकेश गुप्ता, मिना श्रेष्ठ, तारा थापा, निमा गिरी, भण्डारीलाल अहिर, सुधाकर पाण्डे, यमुना रोका तामाङ , जानकी न्यौपाने, यमबहादुर नेपालीलगायत सांसदहरुले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा वडा सचिवविरुद्ध मुद्दा
-
चीनको आर्थिक तथ्याङ्कमाथि प्रश्न उठाउने अर्थशास्त्रीको निधन
-
अपाङ्गता परिचयपत्र सच्याएर सरकारी रकम हिनामिना : पोखरिया नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा
-
इरान युद्धबाट यत्तिकै बाहिरिन सक्लान् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण