तीव्र रूपमा फैलिरहेको ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि
काठमाडौँ । विगत केही दिनदेखि छिमेकी मुलुकमा फैलिरहेको कोभिड-१९ को नयाँ भेरिएन्ट ओमिक्रोन XBB.1.16 को सङ्क्रमण नेपालमा पनि पुष्टि भएको छ । चैत्र महिनामा सङ्कलित २४ वटा PCR तथा Antigen पोजेटिभ नमुनाहरूको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार ओमिक्रोन XBB.1.16 को सङ्क्रमण १० वटा नमुनामा पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
कोभिड-१९ मा हुने अणुवान्सिक परिवर्तनको पहिचान गर्ने उद्देश्यले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नियमित रूपमा गरिएको पछिल्लो पटकको परीक्षण नतिजा अनुसार २४ वटै नमुनाहरूमा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको मन्त्रालयको भनाई छ । यसमध्ये ओमिक्रोन BA.1.1 -२ वटा नमुनामा, ओमिक्रोन BA.2 -२ वटा नमुनामा, ओमिक्रोन BA.2.76 -१ वटा नमुनामा, ओमिक्रोन BA 5 -२ वटा नमुनामा, ओमिक्रोन BA.5.2 - २ वटा नमुनामा, ओमिक्रोन XBB.1.16 - १० वटा नमुनामा, ओमिक्रोन XBB. 1.5 -३ वटा नमुनामा, ओमिक्रोन XBB.2.6 -१ वटा नमुनामा, ओमिक्रोन XBF -१ वटा नमुनामा ) पुष्टि भएको छ ।
सङ्क्रमण बढेसँगै सिमानाकाबाट आवतजावत गर्ने शङ्कास्पद लक्षण भएका यात्रुहरूको सिमानाकाका हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीहरूबाट कोभिड - १९ परीक्षण गरी गराई नतिजा पोजेटिभ भएमा आवश्यक परामर्श सेवाका साथै थप निदान तथा उपचार गर्नुपरेमा नजिकको अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले बताए ।
नेपालमा मौसमी रुघाखोकीका साथै को भिड -१९ को सङ्क्रमण पनि वृद्धि हुँदै गएकोले रोकथाम एवं नियन्त्रणका लागि सबै तह र तप्काबाट प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित जोखिमबाट बच्न बचाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण