पार्टी एकताबारे जानकारी दिन वैद्य र बास्तोलाले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
शुक्रबार, २४ चैत २०७९, ०७ : ०१
काठमाडौँ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकताको तयारी भइरहेको छ । पार्टी एकताबारे जानकारी दिन आज दुवै पार्टीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।
नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलाका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीको संयुक्त पत्रकार सम्मेलन हुँदैछ । आगामी बैशाख १८ गते पार्टी एकता गर्ने दुवै पार्टीको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण