नयाँ वर्ष: स्वागत तिम्रो आगमनलाई
तिमी आउँदै छौ
हो,
थाहा छ मलाई
सधैँझैँ तिमी आउँछौ
तिमी आउनु पर्छ
आउँछौ
सङ्घारमै छौ
भित्रिने तरखरमा छौ
तिमी भित्रिनु पर्छ
भित्रिन्छौ
म पर्खी बसेकी छु
म हेरी बसेकी छु
जब तिमी भित्रिन्छौ
तिम्रो भित्र्याई पछि
तिमी,
शून्यताको आकाशमा
फैलनु पर्छ
तिमी,
मौनताको नादमा
गाउनु पर्छ
तिमी,
तारापुञ्जझैं चम्किनु पर्छ
अतिरञ्जित यी बस्तीहरूमा
प्रेमको ज्योति छर्नु पर्छ
आशा र निराशाको मनहरुमा
विश्वासको दियो जलाउनुपर्छ
टिलपिल टिलपिल बल्ने
ती झुपडीहरुमा
नुर भई तिमी प्रकाशिनु पर्छ
कान्तिहीन ती मुहारहरुमा
प्रभात भई लालिमा पोत्नु पर्छ
नाइँ, नभन्नु है
सक्दिन, नभन्नु है
हुन्न, नभन्नु है
किनकि
समय,
नौलो आयाम हो
समय,
आनन्दको मुहान हो
समय,
आशाको झिल्को हो
आफूभित्र मात्र हैन
यो चराचरको
नौलो प्रभात हो समय
यसैले,
शून्य आकाशजस्तै
तिमीभित्र पनि
शून्यता पाऊँ
माया, प्रेम, वात्सल्य, स्नेह श्रद्धा
तिम्रो शून्यतामा
पौडी खेलुन्
रिस,राग, द्वेष र अहम्का
तिम्रो शून्यताभित्र
पस्न नसकुन् ।
यसैले,
आऊ,
नववर्ष २०८०
सम्पूर्ण तिम्रो आभालाई
यो मन
र, मुटुबाट
प्रेमिल थुँगा चढाउँछु,
सम्पूर्ण तिम्रो अस्तित्वलाई
कर जोडी नमन गर्छु ।
तिम्रो न्यानो आगमनलाई
दिलबाटै स्वागत गर्छु ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण