इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा, संयमता अपनाउन आग्रह
ब्रसेल्स । युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछि विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
कब्जा गरिएको वेस्ट बैंकमा गोली हानाहानमा १६ र २० वर्षका दुई बेलायती–इजरायली दिदीबहिनीको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छिन् भने तेल अवीभमा साइकल चलाउने बाटोमा हिँडिरहेका मानिसलाई कारले ठक्कर दिँदा एकजना इटालियन पर्यटकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
बोरेलले गाजा पट्टी र लेबनानबाट भएको “अन्यधुन्ध”रकेट फायरको पनि निन्दा गरेका छन् । यसैगरी जेरुसेलमको अल–अक्सा मस्जिदभित्र बुधबार इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भएको हुँदा इजरायलले गाजा र लेबनान दुबैमा प्यालेस्टाइनी लडाकुले रकेट फायर गरेपछि इजरायलले बमबारी गरेपछि हिंसा बढेको बताएको छ ।
बोरेलले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै तनाव कम गर्न र जारी धार्मिक विवाद शान्त पार्न पनि आग्रह गरेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्नसक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन
-
पतञ्जलीको सोन पापडी खान असुरक्षित
-
कांग्रेसले भन्यो– झारो टार्ने संसदीय छानबिन समिति मान्दैनौँ
-
भोलि बस्ने राष्ट्रियसभाका यी हुन् आठ कार्यसूची
-
एमाले भक्तपुरको अध्यक्षमा देउजा
-
इजरायली प्रधानमन्त्रीलाई भेट्दै अमेरिकी सुरक्षा सल्लाहकार