इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा, संयमता अपनाउन आग्रह
ब्रसेल्स । युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछि विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन् ।
कब्जा गरिएको वेस्ट बैंकमा गोली हानाहानमा १६ र २० वर्षका दुई बेलायती–इजरायली दिदीबहिनीको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी छिन् भने तेल अवीभमा साइकल चलाउने बाटोमा हिँडिरहेका मानिसलाई कारले ठक्कर दिँदा एकजना इटालियन पर्यटकको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् ।
बोरेलले गाजा पट्टी र लेबनानबाट भएको “अन्यधुन्ध”रकेट फायरको पनि निन्दा गरेका छन् । यसैगरी जेरुसेलमको अल–अक्सा मस्जिदभित्र बुधबार इजरायली प्रहरी र प्यालेस्टिनीबीच झडप भएको हुँदा इजरायलले गाजा र लेबनान दुबैमा प्यालेस्टाइनी लडाकुले रकेट फायर गरेपछि इजरायलले बमबारी गरेपछि हिंसा बढेको बताएको छ ।
बोरेलले सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै तनाव कम गर्न र जारी धार्मिक विवाद शान्त पार्न पनि आग्रह गरेका छन् ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण