फ्रान्समा चारतले भवन भत्किँदा २ जनाको मृत्यु
मार्सेली । फ्रान्सको मार्सेलीमा आइतबार ठूलो विस्फोटपछि भत्किएको भवनको भग्नावशेषबाट दुई जनाको मृत शरीर निकालिएको उद्धार कार्यमा सम्लग्न अधिकारीले बताएका छन् । भूमध्यसागरीय बन्दरगाह शहर, मार्सेलीमा रहेको चारतले भवन भत्किएको करिब २४ घण्टापछि ती शव फेला परेका हुन् ।
आपतकालिन कामदारहरूले क्रेन र बत्तीको सहायताले आइतबार रातिसम्म पनि उद्धार कार्य जारी राखेका थिए । तर भग्नावशेषमुनि लगातार आगो लाग्दा उनीहरूको काममा बाधा पुगेको थियो । घटनापछि प्रतिक्रिया दिँदै स्थानीय अभियोजक डोमिनिक लरेन्सले आठ जनाले फोन कलको जवाफ नदिएको बताएका थिए । स्थानीय समयअनुसार आइतबार राति १२ः४० बजे भएको विस्फोटमा परी छिमेकी भवनका पाँच जना सामान्य घाइते भएका छन् ।
मार्सेलीका मेयर बेनोइट पायनले एक विज्ञप्ति जारी गर्दै भने, “आइतबार राति गम्भीर पीडा र दुःखले सकिएको छ ।” “शहरका सबै सेवाहरू, साथै राज्य, यस क्षणमा पनि खोजी जारी राख्न पूर्ण रूपमा प्रतिबद्ध छन्,” उनले थपे । विस्फोटको कारण पत्ता लाग्न बाँकी छ, तर अनुसन्धानकर्ताहरूले यो ग्यास चुहावटको परिणाम भएको हुन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण