वीरगन्जमा ३ दिन रात्रि बजार सञ्चालन, नेपाल–भारत सीमा २४ सैं घण्टा खुल्ला
पर्सा । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर वीरगन्ज महानगरपालिकाले चैत ३० देखि वैशाख २ गतेसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ वर्षको अवसरमा ३ दिन ‘रात्रि बजार’ सञ्चालन जनाएको हो ।
यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सैं घण्टा खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्र्याउन नयाँ वर्षमा वीरगन्ज नाका २४ सैं घण्टा खुल्ला रहने महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् ।
नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर ३ दिन नाका २४ सैं घण्टा खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ । नेपालको मुख्य व्यापारिक केन्द्र रहेको वीरगन्ज बजार पछिल्लो समय राती ८ देखि ९ बजेभित्र बन्द हुने गर्दछ ।
महानगरभित्रको व्यापार व्यवसायलाई चलायमान बनाउन पहिलो पटक ‘रात्रि बजार’ सञ्चालन गर्न लागिएको महानगर प्रमुख सिंहले जनाए । ‘हामीले परीक्षणका रूपमा अहिले तीन दिनका लागि मात्र रात्रि बजार लगाउँदैछौं । यसबाट राम्रो प्रतिक्रिया आयो भने सधैंका लागि वीरगन्जको बजार रातभर सञ्चालन गर्न सकिन्छ’,उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण