वीरगन्जमा ३ दिन रात्रि बजार सञ्चालन, नेपाल–भारत सीमा २४ सैं घण्टा खुल्ला

पर्सा । नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर वीरगन्ज महानगरपालिकाले चैत ३० देखि वैशाख २ गतेसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने भएको छ । महानगरले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर नयाँ वर्षको अवसरमा ३ दिन ‘रात्रि बजार’ सञ्चालन जनाएको हो ।
यस्तै महानगरले भारतबाट नेपाल प्रवेश गर्ने वीरगन्जस्थित मुख्य नाका तीन दिनका लागि २४ सैं घण्टा खुल्ला रहने जनाएको छ । रात्रि बजारमा पर्यटक भित्र्याउन नयाँ वर्षमा वीरगन्ज नाका २४ सैं घण्टा खुल्ला रहने महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् ।
नेपाल–भारत सीमा नाका राति १० देखि बिहान ५ बजेसम्म दुवैतर्फ बन्द हुने गर्दछ । तर ३ दिन नाका २४ सैं घण्टा खुल्ला राख्न महानगरले नेपाल र भारत दुवै देशका सीमावर्ती सुरक्षा निकायसँग सहमति लिइसकेको छ । नेपालको मुख्य व्यापारिक केन्द्र रहेको वीरगन्ज बजार पछिल्लो समय राती ८ देखि ९ बजेभित्र बन्द हुने गर्दछ ।
महानगरभित्रको व्यापार व्यवसायलाई चलायमान बनाउन पहिलो पटक ‘रात्रि बजार’ सञ्चालन गर्न लागिएको महानगर प्रमुख सिंहले जनाए । ‘हामीले परीक्षणका रूपमा अहिले तीन दिनका लागि मात्र रात्रि बजार लगाउँदैछौं । यसबाट राम्रो प्रतिक्रिया आयो भने सधैंका लागि वीरगन्जको बजार रातभर सञ्चालन गर्न सकिन्छ’,उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति
-
औद्योगिक, जोखिमपूर्ण फोहरलाई उत्पादनकर्ताले नै व्यवस्थापन गर्नुपर्ने
-
भारत-पाकिस्तानबीच आज खास वार्ता