डढेलो नियन्त्रणमा नआउँदा बस्ती जोखिममा
फुङलिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ ढुसेनी क्षेत्रमा गत शनिबार लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन । तीन दिनसम्म पनि नियन्त्रणमा नआएसँगै बस्ती नजिकै आइपुगेकाले गाउँ जोखिममा पर्दै गएको छ ।
सुक्खा क्षेत्र हावाहरी चल्ने भएकाले अझ गाउँ जोखिममा परेको स्थानीय हरिप्रसाद नेपालले बताए । उनले भने, “डढेलो लागेको आज तीन दिन भएको, कसले लगाएको थाहा छैन । आज भने डढेलो गाउँ नजिकै आइपुगेको छ । गाउँलेहरुले गाउँ जोगाउने प्रयास गरिहेका छन् ।”
माथि बस्ती रहेको छ, भने तल सुक्खा वनमा ढडेलो लाग्दै बस्तीतिर आउन थालेको स्थानीयवासीको भनाइ छ । बस्तीमा प्रायःजसो खरको छानो भएको घर धेरै भएकाले आगलागीको बढी जोखिम भएको फुङ्लिङ नगरपालिका–८ का वडा सदस्य भुपिन्द्र मगरले बताए । उनले भने, “हिजो दिउँसो नगरपालिकाको दमकलको सहायताले डढेलो नियन्त्रण गर्ने प्रयास गरौँ र मेची राजमार्गदेखि माथि जान दिएनौँ । तर तल जङ्गलमा भने दमकल जान सकेन ।” वडा सदस्य मगरका अनुसार १५ घर जति डढेलोको जोखिम परेको छ ।
यस क्षेत्रमा प्रायः प्रत्येक वर्ष डढेलो लाग्दै आएको स्थानीयवासीको भनाइ छ । आगलागी भएको जङ्गल राष्ट्रिय वन क्षेत्र पर्ने गुरुङले बताउनुभयो । आगलागी भएको वनमा धेरै जसो साख्वाको, साललगायत रूख रहेको वडा सदस्य मगरले बताए । मेची राजमार्गको नजिक भएको डढेलो नगरपालिकाले दमकल प्रयोग गरेर नियन्त्रणमा लिए पनि राजमार्गदेखि तलका क्षेत्रमा भएको डढेलो भने नियन्त्रणमा लिन नसकेको मगरले बताए।
वन, जङ्गलमा आगलागी हुनाले जनधनको क्षति मात्र नभएर, यहाँ रहेका, लोप हुन लागेका प्रजाति सधैँका लागि विलुप्त हुने र यसले गर्दा पर्यावरणलाई नै असर पुर्याउने जैविक विविधता क्षेत्रमा लामो समय काम गर्दै आउनुभएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए ।
राईका अनुसार ठूला जीवजन्तुहरू आगलागी हुँदा बच्न सक्ने सम्भावना धेरै रहे पनि तिनीहरूका बच्चा, स–साना घस्रने, झाडी, खर बारीजस्ता ठाउँहरूमा आफ्नो सम्पूर्ण जीवन व्यथित गर्ने प्राणीहरू सधैँका लागि हामीबाट टाढा हुने स्थिति सृजना हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण