शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
उद्योग वाणिज्य महासङ्घ चुनाव

उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बने चन्द्र ढकाल

बिहीबार, ३० चैत २०७९, २३ : ०७
बिहीबार, ३० चैत २०७९

काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष बनेका छन् । महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएसँगै ढकाल अध्यक्ष बनेका छन् ।

२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् । 

अध्यक्ष पदको सपथ लिएसँगै ढकालले सर्वसम्मतरुपमा वरिष्ठ उपाध्यक्ष चुन्न ठूलो मेहनेत गरेको बताए । यसका लागि लामो समयदेखि आफूले प्रयास गरेपनि आज सफल बनेको ढकालको भनाई छ । सर्वसम्मत नेतृत्व चुन्न गरेको प्रयासमा उमेशलाल श्रेष्ठको ठूलो योगदान रहेको उनले बताए ।

 यो अभियानमा आफूलाई पूर्व अध्यक्षहरूले समेत साथ दिएको ढकालले स्मरण गरे । २० औं अध्यक्षका रुपमा आजदेखि कार्यभार सम्हाल्ने जिम्मेवारी आएको बताउँदै उनले भावी दिनमा महासंघको छवि अझै उच्च बनाउने उद्घोष गरे ।

महासंघको अध्यक्ष बनेपछि निजी क्षेत्रलाई सर्वसाधारणले हेर्ने नजर बदल्ने उदघोष समेत ढकालले गरे । यस्तै अहिले आर्थिक मन्दी सुधार गर्न समेत आफूले अभियान थाल्ने ढकालले बताए । यसका साथै नेपालमा लगानीको वातावरण निर्माण गर्न महासंघले पहल थाल्ने तथा साना व्यवसायलाई प्रवर्द्धन गर्न समेत भूमिका खेल्ने ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप