उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बने चन्द्र ढकाल
काठमाडौँ । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको २० औं अध्यक्ष बनेका छन् । महासङ्घको ५७ औं साधारणसभा र निर्वाचन सकिएसँगै ढकाल २० औं अध्यक्ष बनेका हुन् । ढकाललाई महासङ्घका वर्तमान अध्यक्ष शेखर गोल्छाले पद तथा गोपनियताको सपथ खुवाएसँगै ढकाल अध्यक्ष बनेका छन् ।
२०७७ सालमा सम्पन्न महासंघको चुनावबाट ढकाल वरिष्ठ उपाध्यक्ष बनेका थिए । वरिष्ठ उपाध्यक्ष सर्वसंवत अध्यक्ष बन्ने प्रावधानअनुसार ढकाल बिहीबारबाट अध्यक्ष बनेका हुन् ।
अध्यक्ष पदको सपथ लिएसँगै ढकालले सर्वसम्मतरुपमा वरिष्ठ उपाध्यक्ष चुन्न ठूलो मेहनेत गरेको बताए । यसका लागि लामो समयदेखि आफूले प्रयास गरेपनि आज सफल बनेको ढकालको भनाई छ । सर्वसम्मत नेतृत्व चुन्न गरेको प्रयासमा उमेशलाल श्रेष्ठको ठूलो योगदान रहेको उनले बताए ।
यो अभियानमा आफूलाई पूर्व अध्यक्षहरूले समेत साथ दिएको ढकालले स्मरण गरे । २० औं अध्यक्षका रुपमा आजदेखि कार्यभार सम्हाल्ने जिम्मेवारी आएको बताउँदै उनले भावी दिनमा महासंघको छवि अझै उच्च बनाउने उद्घोष गरे ।
महासंघको अध्यक्ष बनेपछि निजी क्षेत्रलाई सर्वसाधारणले हेर्ने नजर बदल्ने उदघोष समेत ढकालले गरे । यस्तै अहिले आर्थिक मन्दी सुधार गर्न समेत आफूले अभियान थाल्ने ढकालले बताए । यसका साथै नेपालमा लगानीको वातावरण निर्माण गर्न महासंघले पहल थाल्ने तथा साना व्यवसायलाई प्रवर्द्धन गर्न समेत भूमिका खेल्ने ढकालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण