बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सियारीका २५० घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण

बिहीबार, ३० चैत २०७९, २० : ४१
बिहीबार, ३० चैत २०७९

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले गाउँ ब्लक अन्तर्गतका २५० घरधुरीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरेको छ ।

नापी कार्यालय रुपन्देहीको समन्वयमा वडा नम्बर २, ४ र ५ का २५० घरधुरीलाई पुर्जा वितरण गरिएको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । उनले लामो समयको पहल र मेहनतपछि सियारीवासीलाई जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गरिएको बताए ।

यहाँका स्थानीयले वर्षौंदेखि जोतभोग गरेर पनि पुर्जा नपाउँदा आवश्यक परेको बेला बैंकिङ कारोबार तथा विक्री वितरणमा समस्या व्यहोरेका थिए । २०२५ सालमा नापीमा छुटेका तर, सुरुको नापी हुँदादेखि नै जोतभोग गरे पनि लालपुर्जा नपाएका नागरिकलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा १ हजार ८ सय गाउँ ब्लकको नापी भएकोमा १ हजार १ सय ५० गाउँ ब्लकको पुर्जा वितरण गर्न बाँकी रहेको नापी कार्यालयका प्रमुख सुग्रिव यादवले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप