अमेरिका : पूर्व विदेशमन्त्री पोम्पेओद्वारा राष्ट्रपतिको चुनाव नलड्ने घोषणा
वासिङ्टन । अमेरिकी पूर्व विदेशमन्त्री तथा गुप्तचर एजेन्सी सीआईएका निर्देशकसमेत रहिसकेका माइक पोम्पेओले आगामी राष्ट्रपतिको निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । पोम्पेओले ट्विटमा लेखेका छन्, ‘सुसन र मैले धेरै सोचविचारपछि आफूलाई अमेरिकी राष्ट्रपति चुनावको उम्मेदवारको रूपमा प्रस्तुत नगर्ने निर्णय गरेका छौँ।’
ट्विटमा उनले यो आफ्नो व्यक्तिगत निर्णय भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘यो समय म र मेरो परिवारको लागि उपयुक्त छैन। एक सैनिक, प्रतिनिधि सभाको सदस्य, सीआईएको निर्देशक र स्टेट सेक्रेटरीको रूपमा, मैले अमेरिकालाई अगाडि बढाउने सुअवसर पाएको छु । यी भूमिकाहरू मेरो लागि उपयुक्त छन् । तर अहिले राष्ट्रपतिको चुनाव लड्नु मेरो लागि ठीक होइन।’
माइक पोम्पेओ भर्खरै आफ्नो पुस्तकको लागि चर्चामा थिए। आफ्नो पुस्तकमा उनले साउदी पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा आफ्नै देशको मिडियाको खिल्ली उडाएका छन् । माइक पोम्पेओले आफ्नो पुस्तकमा वर्तमान साउदी युवराज मोहम्मद बिन सलमानको पनि प्रशंसा गरेका छन् र उनलाई वर्तमान युगको महान् नेतामध्ये एकको रूपमा वर्णन गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण