सुडान : सेना र अर्धसैनिक बलबीच झडप तीव्र, आरएसएफद्वारा राजधानीको नियन्त्रण दाबी

सुडानमा सैन्य समूहबीचको आपसी द्वन्द्व अहिले देशभर फैलिएको छ । धेरै ठाउँबाट हिंसाको खबर आइरहेको छ । सङ्घर्षको केन्द्रबिन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएका थिए । आइतबार दुवै समूहले यहाँका मुख्य सडक अवरुद्ध गरेका थिए ।
यस द्वन्द्वमा हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको द्वन्द्व अहिले देशव्यापी बनेको छ । यस सङ्घर्षमा सेनाले अग्रता लिन सक्ने प्रत्यक्षदर्शीहरू बताउँछन् ।
यद्यपि, आइतबार आरएसएफले राजधानी खार्तुम र छिमेकी सहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्टको नियन्त्रण दाबी गरेको छ । द्वन्द्व स्थलबाट घाइतेलाई हटाउनका लागि आइतबार दुवै समूहले केही समयका लागि युद्ध विरामको घोषणा गरेका थिए । तर, त्यसको कडाइका साथ पालना हुन सकेको छैन ।
सुडानमा यो सङ्घर्ष प्रतिद्वन्द्वी गुटको राजनीतिक वर्चस्व कायम राख्नुको परिणाम हो । देशको सैन्य नेतृत्व भित्रको सर्वोच्चताको लडाईंले द्वन्द्वलाई जटिल बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
-
८२ दिनपछि फेसबुकमा फर्किए रवीन्द्र, हिरासतमा लेखे ३५ कविता
-
कर्णाली प्रदेश सभा : प्रमुख प्रतिपक्ष दलका सांसद नआएपछि संसद् स्थगित
-
एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीविरुद्ध प्रहरीमा चेक अनादरको जाहेरी
-
निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोज्योः बर्तौला
-
आलमलाई सफाइ दिने दुई न्यायाधीश न्याय परिषद् तानिए