सुडान : सेना र अर्धसैनिक बलबीच झडप तीव्र, आरएसएफद्वारा राजधानीको नियन्त्रण दाबी
सुडानमा सैन्य समूहबीचको आपसी द्वन्द्व अहिले देशभर फैलिएको छ । धेरै ठाउँबाट हिंसाको खबर आइरहेको छ । सङ्घर्षको केन्द्रबिन्दु खार्तुम सहरका सडकहरू सुनसान देखिएका थिए । आइतबार दुवै समूहले यहाँका मुख्य सडक अवरुद्ध गरेका थिए ।
यस द्वन्द्वमा हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सेनाबीचको द्वन्द्व अहिले देशव्यापी बनेको छ । यस सङ्घर्षमा सेनाले अग्रता लिन सक्ने प्रत्यक्षदर्शीहरू बताउँछन् ।
यद्यपि, आइतबार आरएसएफले राजधानी खार्तुम र छिमेकी सहर ओमदुरमानका साथै पश्चिममा दारफुर र मिरोए एयरपोर्टको नियन्त्रण दाबी गरेको छ । द्वन्द्व स्थलबाट घाइतेलाई हटाउनका लागि आइतबार दुवै समूहले केही समयका लागि युद्ध विरामको घोषणा गरेका थिए । तर, त्यसको कडाइका साथ पालना हुन सकेको छैन ।
सुडानमा यो सङ्घर्ष प्रतिद्वन्द्वी गुटको राजनीतिक वर्चस्व कायम राख्नुको परिणाम हो । देशको सैन्य नेतृत्व भित्रको सर्वोच्चताको लडाईंले द्वन्द्वलाई जटिल बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण