न्यायाधीश गिरीकी पत्नी आरती रावल पक्राउ
सोमबार, ०४ वैशाख २०८०, २१ : ३५
बाँके । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले आइतबार उनलाई पक्राउ गरेर सोमबार अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सन्तोषसिंह राठौरले आरती पक्राउ परेको पुष्टि गर्दै ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको बताए ।
शैक्षिक प्रमाणपत्र लगायतका सरकारी कागजात किर्ते गरेको अभियोगमा रावललाई यसअघि नै पक्राउ गर्न बाँके जिल्ला अदालतले अनुमति दिएको थियो ।
वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश गिरी पनि यसअघि नै पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण