शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवन २ र तनहुँ १ मा नेसापले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने

मङ्गलबार, ०५ वैशाख २०८०, २२ : ४८
मङ्गलबार, ०५ वैशाख २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीले चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने भएको छ । 

आज बसेको केन्द्रीय कार्यकारिणी बैठकले ती क्षेत्रमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको नेसपाका अध्यक्ष डा बाबुराम भट्टराईले जानकारी दिए ।
 
उक्त पार्टीले सम्बन्धित प्रदेश र क्षेत्रका पार्टी समितिलाई निर्वाचनमा परिचालित हुन निर्देशनसमेत दिएको छ । यही वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ । सो निर्वाचनमा चिनवन क्षेत्र नं २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र तनहुँ क्षेत्र नं १ मा गोविन्द भट्टराई उम्मेदवार छन् । श्रेष्ठ र भट्टराई सत्ता गठबन्धनको साझा उम्मेदावार हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप