आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राती खरबुजा खाँदा पेट खराब हुनसक्ने, अन्य हानी कस्ता ?

आइतबार, १० वैशाख २०८०, १७ : ०२
आइतबार, १० वैशाख २०८०

गर्मी मौसम सुरु भइसकेको छ । यति बेला बजारमा असाध्यै खरबुजा बिक्न सुरु हुन्छन् । खरबुजाले पेटलाई चिसो राख्छ, शरीरलाई हाइड्रेट राख्छ । यसका फाइदाका कारण धेरैजसो मानिस यसलाई कुनै पनि समय खाने गर्छन् । जबकि यस्तो गर्नु सही होइन । विशेषगरी खरबुजालाई रातीको समयमा खानु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपि, यसबारे कुनै वैज्ञानिक प्रमाण त छैन तर विशेषज्ञले रातको समयमा खरबुजा खानुका हानी बारे जानकारी दिएका छन् । यस्तोमा खरबुजा खानुका अन्य हानी पनि छन् त भन्नेबारे भारतको डाइट एन्ड क्योर क्लिनिककी पोषणविद् तथा न्युट्रिसनिष्ट दिव्या गान्धीबाट थप जानकारी लिऔँ ।

किन हुन्छ हानी ?

कुनै पनि प्रकारको खानेकुरा धेरै खाइयो भने यसले स्वास्थ्य समस्या निम्त्याउन सक्छ । त्यसै गरी, यदि तपाईं पनि बारम्बार खरबुजा खानुहुन्छ भने यसले तपाईंको स्वास्थ्यलाई असर गर्न सक्छ र अपच जस्ता समस्याहरू निम्त्याउन सक्छ । विशेष गरी, जसलाई प्रायः पेटसँग सम्बन्धित समस्या हुन्छ, उनीहरूले यसको अत्यधिक सेवनबाट बच्नुपर्छ । साथै, सुत्ने समय भन्दा करिब एक घण्टा अघि भारी खाना खाँदा एसिड रिफ्लेक्स वा अन्य पाचन सम्बन्धी अन्य समस्याको खतरा बढ्न सक्छ । त्यसैले कुनै पनि असुविधाबाट बच्नका लागि तपाईंले आफ्नो स्वास्थ्यमा ध्यान दिनुपर्छ । तपाईंले कति खाइरहनुभएको छ, तपाईंको पेटले पचाउन सक्छ वा सक्दैन, तपाईंको खाने शैली कस्तो छ भन्ने कुरामा विशेष ध्यान दिनुहोस् । यदि तपाईंलाई बारम्बार पाचनसम्बन्धी समस्या हुन्छ भने, तपाईंले विज्ञको मद्दत लिनुपर्छ र उनीहरूको निर्देशनको पालना गर्नुपर्छ ।

राती खरबुजा खानुका अन्य बेफाइदा

पेट खराब हुन सक्छ

खरबुजा एक पौष्टिक फल हो । यसमा क्यालोरी कम हुन्छ र पानीको मात्रा धेरै हुन्छ । यस कारणले यो खाँदा शरीरलाई हाइड्रेटेड राख्छ र तौल व्यवस्थापनको लागि पनि यो राम्रो विकल्प मानिन्छ । भिटामिन ए र सीसँगै यसमा पोटासियम र लाइकोपीन जस्ता अन्य पोषक तत्त्वहरू पनि पाइन्छन् । जहाँसम्म राती खाँदा पेट दुख्ने कुरा छ, यहाँ के स्पष्ट पार्नुपर्छ भने राती खरबुजा खाँदा पेट खराब हुने कुनै वैज्ञानिक प्रमाण छैन । तर, खरबुजासँग धेरै खाँदा यसले पाचन सम्बन्धी समस्या निम्त्याउन सक्छ । विशेष गरी, पेट खराब भएका मानिसहरूले यसो गर्नबाट जोगिनै पर्छ ।

बारम्बार पिसाब लाग्नु

खरबुजामा ९० प्रतिशतभन्दा बढी पानी हुन्छ । यस्तो अवस्थामा राती खरबुजा खाएमा सुत्ने समयमा बारम्बार पिसाब लागिरहन सक्छ । यसबाहेक रातीको समयमा अत्यधिक खरबुजा खाँदा वाटर रिटेन्सन (शरीरको आन्तरिक हिस्सामा पानी भरिनु) हुनसक्छ । यसका कारण शरीर सुन्निने र ओभर हाइड्रेसनको समस्या हुनसक्छ ।

तौल बढ्न सक्छ

खरबुजा सुगरले युक्त फल हो भन्ने कुरा बिर्सनु हुँदैन । विशेषज्ञलाई विश्वास गर्ने हो भो रातीको समयमा सुत्नुअघि सुगरको सेवन सही होइन । यसले तौल बढ्न सक्छ । यद्यपि, खरबुजामा प्राकृतिक चिनी हुन्छ । तर पनि रातीको समयमा यो खानबाट बच्नुपर्छ । यसको एउटा कारण यो पनि हो कि आजकाल थुप्रै फललाई गुलियो बनाउनका लागि केमिकल्सको प्रयोग गरिन्छ । यस्ता फलको सेवन गर्दा तौल बढ्ने सम्भावना अत्यधिक बढ्ने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप