मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

सोमबार, ११ वैशाख २०८०, ०५ : ४९
सोमबार, ११ वैशाख २०८०

चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ । 

 बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ । 

यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन । चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ । चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप