‘शिक्षकले सबै पेशालाई सम्मान गर्न सिकाउनु पर्छ’
काठमाडौँ । पठाओ नेपालले शिक्षकले सबै पेशालाई सम्मान गर्न सिकाउर्नेमा जोड दिएको छ । ललितपुरको एक विद्यालयका शिक्षकले पठाओको नाम जोडेर राखेको सार्वजनिक धारणाप्रति ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।
‘केही दिन अघि ललितपुरको एक स्कुलमा अध्यनरत विद्यार्थीका अभिभावकले सामाजिक सञ्जालमा आफ्नी छोरीलाई विद्यालयमा गरिएको दुर्व्यवहार उल्लेख गरे । उक्त बिषयमा विद्यालयका प्रतिनिधिले पठाओको नाम जोडेर राखेको धारणाप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् हो ।’
केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र ब्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम बनाइरहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ ।
‘विद्यालय स्तरमा नै सबै किसिमका पेशा र ब्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र ससम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्ति भोलिका दिनमा दोहोरिने छैन भन्ने बिश्वास गर्दछौं’, पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण