सुडानमा ७२ घण्टाको युद्ध विराम, अहिलेसम्म ४०० जनाको मृत्यु
सुडानमा सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स युद्ध विराम गर्न सहमत भएका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले यसबारे जानकारी दिएका हुन् । सोमबार मध्यरातबाट युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका छन् । दुवै पक्षले आ–आफ्ना तर्फबाट युद्ध विरामको घोषणा गरेका छन् ।
सेना र र्यापिड फोर्सबीच ४८ घण्टाको वार्तापछि युद्ध विराममा सहमति भएको ब्लिन्केनले बताएका छन् । सुडानमा यी दुईबीचको द्वन्द्वमा हालसम्म ४०० जनाको मृत्यु भइसकेको छ । गत अप्रिल १५ मा दुबैबीच झडप सुरु भई सशस्त्र द्वन्द्वमा परिणत भएको थियो ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुडानमा थप हिंसा बढे यो आगोले पूरा इलाकालाई आफ्नो चपोमा लिने चेतावनी दिएका थिए । आगोको ज्वाला बाहिर पनि फैलने उनले बताए ।
द्वन्द्व सुरु भए लगत्तै राजधानी खार्तुमबाट द्वन्द्व प्रभावित क्षेत्रमा मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो । त्यहाँ अहिले खाद्यान्न र पानीको आपूर्ति ह्वात्तै घटेको छ ।
युद्ध विरामको घोषणापछि स्थितिमा केही सुधार आउने अपेक्षा गरिएको छ । युद्धविरामका क्रममा खानेपानीको पाइपलगायत महत्त्वपूर्ण पूर्वाधारमा ठुलो क्षति पुगेको छ ।
खानेपानीको पाइप बिग्रिएपछि जनता नाइल नदीको पानी सिधै पिउन बाध्य छन् ।
युद्ध विरामको घोषणापछि यहाँबाट सकुशल निस्किने आशा जनतामा छ । यसअघि धेरै देशले आफ्ना कूटनीतिज्ञ र अन्य कर्मचारीलाई त्यहाँबाट निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण