शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश

लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बन्ने बाटो खुल्यो

मङ्गलबार, १२ वैशाख २०८०, २० : २५
मङ्गलबार, १२ वैशाख २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई  नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने निश्चित भएको हो । 

सोमबार प्रदेशसभामा  विश्वासको मत पाउन नसकेपछि एमालेका मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकार ढलेको थियो । प्रदेशसभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार  एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना सकिएको छ । 

एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि  चैत १२ मै कांग्रेस संसदीय दलका नेता डिल्लीराम चौधरीले सात दलको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेको थिए ।

चौधरीलाई माओवादी, नाउपा, जनमत, लोसपा, जसपा, एकीकृत समाजवादी र २ जना स्वतन्त्र सांसद गरी ५७ जनाको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमत जुटाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप