लुम्बिनी प्रदेश : १६८ (२) अनुसार सरकार गठनको आह्वान भएपछि एमालेले के गर्छ ?
बुटवल । लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख अमिक शेरचनले पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेपछि नेकपा एमालेले अब कसरी जाने भन्नेमा भोलि बिहान बैठक बसेर रणनीति तयार गर्ने जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षरसहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनको लागि वैशाख १४ गते बिहीबार साँझ ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ । एमालेले भने आफू ठुलो दलको हैसियतमा धारा ३ अनुसार सरकारको नेतृत्वमा पाउनुपर्ने तर्फ गर्दै आएको थियो ।
एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले आफूहरूले भोलि बिहान बैठक बसेरै अब कसरी जाने निर्णय गर्ने बताए । कानुनी उपचार खोज्ने कि अन्य तरिकाले अघि बढ्ने विषयमा छलफल हुने उनको भनाई छ । ‘हामी कानुनी उपचारको विषयमा पनि विज्ञहरूसँग परामर्श गर्ने सोचमा छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण