बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फिनल्याण्ड ठगी प्रकरणका आरोपितले भने–मैले कसैलाई ठगेको छैन

बुधबार, १३ वैशाख २०८०, ११ : ५५
बुधबार, १३ वैशाख २०८०

काठमाडौं । फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठगी गरेको आरोप लागेका रमेश लामिछानले आफूले कसैलाई पनि नठगेको जिकिर गरेका छन् ।

रातोपाटीमा ‘गाउँपालिका अध्यक्षका छोरा नै फिनल्याण्डमा नेपाली विद्यार्थीलाई ठग्दै’ समाचार छापिएको थियो । उक्त समाचारको खण्डन गर्दै उनले आफूले कसैलाई नठगेको दाबी गरेका हुन् ।


रमेशले खण्डन पत्रमा भनेका छन्, ‘म फिनल्याण्डमा अध्ययन गर्न गएको हूँ । त्यहाँबाट कसैलाई भिसा दिने अधिकार फिनल्याण्ड सरकारको हो । मेरो होइन । मैले कसैलाई भिसा दिलाउँछु भनेर आश्वासन दिएको पनि छैन । म आफै पीएचडी अध्ययनको तयारीमा रहेको व्यक्ति हुँ । मप्रति रीस द्वेष राखी प्रकाशित भएको समाचार असत्य र अन्यायपूर्ण छ ।'

'उक्त समाचार मेराप्रति पूर्वाग्रह राखी लेखिएकोछ,' रमेशले रातोपाटीलाई पठाएको खण्डन पत्रमा उल्लेख गरेका छन्, 'अतः यो कुरा प्रकाशमा ल्याइदिनु भै असत्यको खण्डन गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु ।'

रमेशमाथि नवलपरासी क्षेत्रमा विभिन्न व्यक्तिलाई विद्यार्थी भिसामा बोलाएर पछि वर्किङ भिसामा काम दिलाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको पीडितहरुले आरोप लगाएका छन् ।

विद्यार्थी भिसालाई वर्किङ भिसामा परिवर्तन गराईदिने भन्दै उनले लाखौं रूपैयाँ ठगेको समाचार रातोपाटीले प्रकाशित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप