शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा बढे कोरोनाका बिरामी

बुधबार, १३ वैशाख २०८०, १६ : १३
बुधबार, १३ वैशाख २०८०

नयाँदिल्ली । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बुधबार नौ हजार छ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको तथा २९ जनाले ज्यान गुमाएका छन् । मङ्गलबार छ हजार नौ सय ३४ जना सङ्क्रमित थपिएका थिए भने सोमबार छ हजार तीन सय जना बिरामी फेला परेका थिए । 

हाल भारतमा ६१ हजार १३ जना सक्रिय सङ्क्रमित छन् भने चार करोड ४३ लाख २३ हजार ४५ जनाले कोभिड–१९बाट पूर्ण स्वास्थ्य लाभ गरेका उक्त मन्त्रालयले जनाएको छ ।-(रासस/पिटिआई)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप