बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गर्भ बसिरहेको छैन ? आयुर्वेदका मद्दतले प्रजनन क्षमता बढाउने उपाय थाहा पाऔँ

शुक्रबार, १५ वैशाख २०८०, १७ : ०९
शुक्रबार, १५ वैशाख २०८०

आजकालको भागदौडपूर्ण जीवनशैलीमा धेरै मानिसले आफ्नो निजी जीवन बाँच्न बिर्सिरहेका हुन्छन् । अस्वस्थ कर खानपिन, खराब जीवनशैलीले मानिसको स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ । यसले विभिन्न समस्या निम्त्याउने गर्छन् । त्यस्ता समस्या मध्ये गर्भ नबस्नु पनि एक हो । हुन त बच्चा जन्माउने कि नजन्माउने भन्ने कुरा प्रत्येक व्यक्तिको आफ्नो निर्णय हो । कसैलाई बच्चा जन्माउन मन लागेको छ भने जन्माउन सक्छन् र यदि कसैलाई बच्चा जन्माउन मन लाग्दैन भने उनीहरूको निर्णयको पनि सम्मान गर्नुपर्छ । 

तर बच्चा जन्माउन चाहनेहरूमध्ये कोहीको गर्भ नै बसिरहेको हुँदैन । यसले पनि समस्या नै निम्त्याइरहेको हुन्छ । यसका लागि विभिन्न उपाय छन् । तर यहाँ हामी आयुर्वेदको मद्दतले  प्रजनन क्षमता विकास गर्नेबारे कुरा गरिरहेका छौँ । 

आयुर्वेदमा प्रजनन क्षमता बढाउनका लागि केही खानेकुरा खान सकिने भारतकी आयुर्वेदिक डाक्टर शरद कुलकर्णीले बताएकी छिन् । उनले यसबारे कुरा गर्दै भनेकी छिन्, ‘प्रजनन क्षमता बढाउनका लागि अश्वगन्धा, शतावरी, अमला, दालचिनी प्रयोग गर्न सकिन्छ ।’

उनी थप्छिन्, ‘घिउ पनि निकै स्वस्थ हुन्छ । यदि तपाईंलाई दूधको एलर्जी छैन भने दूध पक्कै खानुहोस् । आफ्नो डाइटमा फलका साथै अमला, काजु, बदाम र किसमिस खानुहोस् ।’

यसलाई पनि पालना गर्नुहोस्

– पुरुषहरू चिसो ठाउँमा बस्नुहोस् । यसले शुक्राणुको गुणस्तर सुधार गर्छ ।

– पुरुष र महिलाले टाइट लुगा लगाउनु हुँदैन ।

– पुरुषले ल्यापटपलाई लामो समयसम्म काखमा राखेर चलाउनु हुँदैन ।

– महिला पुरुष दुवैले तातो पानीले नुहाउनु हुँदैन ।

– धेरै तेल–मसाले दार चीजहरू नखानुहोस् ।

– राति सुत्ने र बिहान उठ्ने समय निश्चित गर्नुहोस् ।

यसका साथै केही योगासनले पनि मद्दत गर्न सक्छ । जस्तै:

१. सूर्य नमस्कार

यो योगासनले महिनावारीमा हुने दुखाइ कम गर्छ । यो रजोनिवृत्तिमा पनि उपयोगी छ । यसो गर्दा महिलाको शरीर स्वस्थ रहन्छ । शारीरिक सम्बन्ध बनाउने कमजोरी हटाउन मद्दत गर्छ ।

२. पश्चिमोत्तनासन

 यो आसनले तल्लो ढाड, कम्मर र ह्यामस्ट्रिङको मांसपेशीलाई तन्काउँछ । यसले महिलाको प्रजनन क्षमतामा सुधार गर्छ । मानसिक तनाव कम गर्दछ र अण्डाशय सक्रिय गर्छ ।

३. जानु शिर्षासन

यो योग आसन गर्भधारणको लागि मात्र आवश्यक नभई गर्भावस्थाको समयमा पनि उपयोगी हुन सक्छ । यसले पेटका मांसपेशीहरूलाई आराम दिँदा ह्यामस्ट्रिङलाई फैलाउँछ ।

४)  बटरफ्लाइ पोज

यसले तिघ्रा, यौनाङ्ग, हिपको भाग र घुँडाको मांसपेशीलाई लचिलो बनाउँछ । यो योग गर्नाले सुत्केरीको समयमा हुने दुखाई पनि कम हुन्छ ।

५. बालासन 

यसले तनाव हटाएर रगतको प्रवाह बढाउँछ । यो आसनले पिठ्यूँ, घुँडा, कम्मर र तिघ्राको मांसपेशीलाई तन्काउँछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप