बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीले गरे जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन

आइतबार, १७ वैशाख २०८०, ०९ : ४४
आइतबार, १७ वैशाख २०८०

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गरेका छन् ।

आज बिहान गृहमन्त्री श्रेष्ठले आयोगको केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् । धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालयको एक समारोहबीच उनले उद्घाटन गरेका हुन् ।

मुख्यतः मधेसमा गरिब विपन्न तथा सर्वसारधारणहरु मिटरब्जायी साहुको आतङ्कमा परेपछि पैदल हिडेर काठामाडौं गएर कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । गठन गरिएको आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।

आयोगको अध्यक्षमा पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूमा पूर्व एआईजी उत्तमराज सुवेदी र पूर्व नायब महान्यायाधिवक्ता गणेशबहादुर अर्याल रहेका छन् ।

मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूसँग उजुरी आह्वान पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।

उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ । आयोगले उजुरी दिन १७ देखि ३१ वैशाखसम्म समय तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप